माथिल्लो भोटेकोशीको काम ४० %, कहिले सम्पन्न होला ?

  २०७५ माघ २५ गते ११:१२     विकासन्युज

काठमाडौं । करीब पाँच वर्षदेखि बन्द रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोेटेकोशी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम भएको छ ।

चीनको सिनो हाइड्रो ब्यूरो ११ ले रु ७ अर्बमा ठेक्का सम्झौता गरेको सो आयोजना आगामी २०१९ को अन्त्यसम्म सम्पन्न हुने आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले जानकारी दिएका छन्र ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत तातोपानीमा निजी क्षेत्रबाट निर्माण भएको सो आयोजनाबाट झण्डै पाँच वर्षदेखि उत्पादन बन्द भएपछि कम्पनीका साथै राष्ट्रलेसमेत घाटा व्यहोर्दै आएको छ ।

विसं २०७१ साउन १७ गतेको जुरे पहिराले प्रशारण लाइनको टावरमा क्षति पुर्याएकाले चार महीना उत्पादन वन्द भएको थियो । मर्मत पछि संचालनमा आए लगत्तै विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पुनःक्षति पुर्याएकामा मर्मत भइरहँदा पुनः विसं २०७३ असार २१ गते आएको भोटेकोशीको बाढीले तहसनहस पारेको थियो । गत वर्षदेखि सो आयोजनाको पुनःनिर्माण भइरहेको छ ।

बाह्रबिसे–तातोपानी सडक खण्डअन्तर्गत तातोपानीको १० किलोमा बाँधरे ३.५ किमी सुरुङद्वारा फुल्पीङकट्टी झिुर्पुमा निर्मित विद्युत्गृहमा पानी खसालिएकामा भूकम्प र बाढीले सुरुङमार्ग र विद्युत्गृहबाहेक बाँध स्थल, पनेस्टक पाइप, प्रसारण लाइनको केही टावर क्षेत्र तथा सम्पूर्ण उपकरणमा क्षति पुर्याएको आयोजनाले जनाएकोे छ ।

बाँधस्थल रहेको आसपासका बस्तीलाई असर पुगेको भन्ने स्थानीयको गुनासोका सम्बन्धमा समन्वय गरेर काम गरिने र बाँधको काम सम्पन्न भएपछि जोखिममा पनि कमी आउने कार्यकारी निर्देशक स्थापितले जानकारी दिएक छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.