एनसेलले ल्यायो ‘गज्जबको डेटा प्याक’

  २०७५ माघ २३ गते १६:४७     विकासन्युज

काठमाडौँ । एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरु मार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्ने भएका छन् ।

एनसेल प्राईभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको छ, जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकताअनुसार ७५ एमबी देखि ३ जिबी सम्मको विभिन्नप्याकहरु सुचारु गर्न सक्न ेछन् ।

गज्जबको डेटा प्याक माघ २१ बाट लागु भएको छ । यस प्याकअन्तर्गत ग्राहकले एक दिनको समयसिमा रहेको ७५ एमबी डेटा प्याक मात्र १५(रु १९.१५ कर सहित) रुपैयाँमा सुचारु गर्न सक्नेछन् । तीनदिनको समयसिमा रहेको २०० एमबी डेटा प्याक रु ३५ (रु ४४.६९ कर सहित) मा सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी, ग्राहकले ५०० एमबी डेटा प्याक रु ७५ (रु ९५.७७ कर सहित) माखरिद गर्न सक्नेछन् । यो प्याकको समयसिमा सातदिनको हुनेछ । धेरै डेटा भोलुमप्रयोग गर्ने ग्राहकले एक महिनाको समयसिमा रहेको तीनजिबी डेटा प्याकमात्र रु ३५५ (रु ४५३.३०) मा लिन सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार गज्जबको प्याकहरु सुचारु गर्न सक्नेछन् । त्यसैगरी एनसेल एपबाट पनियी डेटा प्याकहरु सजिलै खरिद गर्न सकिनेछ् ।

गज्जबको डेटा प्याकअन्तर्गत ल्याइएको नयाँअल टाइम डेटा भोलुमहरुले सुलभ दरमाग्राहककालागि डेटा कनेक्टिभिटी सुनिश्चतगर्ने विश्वास एनसेलले लिएको छ । यो अफर सुचारु भएको दिन देखि ९० दिनका लागि मान्य रहने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.