कैलाश विकास बैंक र सिरहाली सेवा समाजको सहकार्यमा दुई दिने स्वास्थ्य शिबिर  

  २०७५ माघ २३ गते १४:४८     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंक र सिरहाली सेवा समाज नेपाल काठमडौंको सहकार्यमा सिरहामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका १२ स्थित विष्णुचरण श्रेष्ठ मा विमा र सिरहा नगरपालिका वडा नं. १ हाटबजार, दुर्गा मन्दिरको प्राङ्गणमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

२७ जना स्वास्थकर्मी सहितको टोली संलग्न उक्त स्वास्थ्य शिबिरमा करिब ३००० जना सर्वसाधारणले आफ्नो स्वास्थ्य परीक्षण गराई लाभान्वित भएको बताइएको छ । सो अबसरमा बिरामीहरुलाई आवश्यक   औषधि पनि निःशुल्क बितरण गरिएको थियो । बैकले आगामि दिनहरुमा अन्य सामाजिक सेवाका कार्यहरु पनि गर्दै जाने कैलाश विकास बैकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.