एनआईसी एशिया बैंकको शाखा पर्वतको वारीवेनीमा

  २०७५ माघ २१ गते १६:०५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले वारीवेनी पर्वतस्थित वारीवेनी शाखाको विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गरेका हुन् ।

मिति २०७५ वैशाख १९ गतेबाट कारोबार शुरु भएको उक्त शाखाको उद्घाटन समारोहमा मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नाउपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरेका छन् ।

हाल बैंकले २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २१८ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ । कुल निक्षेप करिब १७५ अर्ब तथा कर्जा १४९ अर्ब रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.