विश्वभर १ करोड पुगे पल्सर मोटरसाइकलका प्रयोगकर्ता

  २०७५ माघ १८ गते १७:१६     विकासन्युज

काठमाडौं । विश्वभर पल्सर प्रयोगकर्ताको संख्या १० मिलियन (१ करोड) पुगेका छन् । सन् २००१ मा भारतीय बजारबाट प्रवेश गरेको पल्सर हाल सबैको लोकप्रिय साधन बनेको छ । सन् २०१८ पल्सरका लागि निकै उत्कृष्ट वर्ष रह्यो किनभने यसले पावरफुल र आधुनिक पल्सर एनएस १६० टिडी र पल्सर १५० टिडी बजारमा ल्याएको थियो ।

नेपालको जनसंख्यामा आधाभन्दा बढि हिस्सा ओगटेका यूवाहरु पल्सर प्रति आकर्षित भएका छन् । भौगोलिक हिसाबले हिमाल, पहाड र तराईमा विभाजन भएको कारण पनि २ पाङग्रे सवारी साधनको सम्भाव्यता बढि रहेको नेपालमा यूवाहरुले पल्सरलाई रुचाए ।

आधुनिक डिजाइन र उच्च प्रदर्शन, एचएचबजाज मार्फत सहज पहुँचले गर्दा ८८3s (सेल्स, सर्भिस र स्पेयर) डिलर र २ सय ५०भन्दा बढि सेवा सहितका स्पेयर सेन्टरले गर्दा पल्सरले अन्य बाइक भन्दा बढि लोकप्रियता कमायो ।

यो पल्सरका लागि नेपाल र भारतमा सफलता र नेतृत्वको अविश्वासनीय यात्रा समेत रहन पुगेको थियो । अहिले नेपालमा मात्र नभएर संसारमा ३० भन्दा बढि देशका ग्राहकहरुको पल्सरप्रतिको लगावकै कारण यसले १० मिलियन सेल्स रेकर्ड बनाउने पहिलो ग्लोबल ब्राण्ड बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.