दीपक मनाङ्गेले खाए प्रदेश सांसदको सपथ

  २०७५ माघ १४ गते १८:०३     विकासन्युज


काठमाडौँ । राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले भनेर प्रदेशसभा सदस्यको सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले उनलाई सपथ गराएका हुन् ।

सपथ खुवाए लगत्तै सभामुखले टीका लगाइदिएका थिए । उनी मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । उनले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएका थिएनन् ।

उनी ८ महिना जेल बसे । सर्वोच्चको आदेशले थुनामुक्त भएपछि उनले सपथका लागि निवेदन दिएका थिए । सोमबार १४ महिनापछि उनले प्रदेश सांसदका रुपमा सपथ खाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.