गुराँस लाइफ इन्स्योरेन्स र कामना सेवाविकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ माघ ७ गते १७:५५     विकासन्युज

काठमाडौं । गुराँस लाइफइन्स्योरेन्स कम्पनी र कामना सेवाविकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगदफिर्ता जीवनवीमा सम्बन्धि सम्झौता भएको हो ।

सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् । योजनामा सार्वधिक, आजीवन र पेन्सन जीवनबीमा योजना सहित १२ वटा जीवनबीमा योजना विक्रीगर्ने तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाकाबीच बैंकास्योरेन्स सम्झौता हो ।

सेवाविकास बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट यस कम्पनीको जीवनबीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हालमात्र नेपालको जीवन बीमाबजारमा नौलो र योजनाहरु प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.