आक्रामक बन्दै डेम्बेले, नेइमार चाहिदैन

  २०७५ माघ ४ गते १६:३२     विकासन्युज

काठमाडौं । बार्सिलोना समर्थक विपक्षी क्लब विरुद्ध १ वा २ गोलले जितेर सन्तुष्ट हुन सक्दैन । उनीहरु गेम पोजिसन र धैरै गोल अन्तरले हराएको हेर्न चाहान्छन् । फुटबल खेल्ने पुरानो टिकीटाका शैली बार्सिलोनाले अपनाइरहेको छ । हाल टिमको मिडफिल्डमा मेसी, बस्कुइट, राकेटिक, भिडाल, सर्जियो रोर्बेटोले रहेका छन् । यो मध्ये मिडफिल्डबाट डिबक्ससम्म बल लैजन मेसी बाहेक अन्य खेलाडी सफल भएका छैनन ।

यस अबस्थामा दायाँ तर्फबाट विङगरको भुमिकामा खेल्ने ओसामाने डेम्बेले निकै सफल देखिन थालेका छन् । कोपा डेल रेको बिहिबार रातीको खेलमा डेम्बेलेले २ गोल गरेर फेरी आफुलाई प्रमाणित गरेका छन् । बार्सिलोना म्यानेजमेन्टले नेइमार फर्काउने हल्ला चलिरहेको अवस्था डेम्बेलेले आफुलाई प्रमाणित गरिरहेका छन् ।

२० वर्ष लागेका डेम्बेलेले बार्सिलोनाको संस्कारसँग घुलमिल भैरहेका छन् । उनको बल लिएर तिब्र गतिमा दौडने र बल छलाउने कला पनि निखारिदै गएको छ । मेसीको ढल्कदो उमेर पछि डेम्बेलेलाई बार्सिलोनाको नव स्टारको रुपमा हेर्न थालिएको छ । तर यसको लागि उनले बार्सिलोनाको संस्कार सिक्नु पर्नेछ ।

हाल बार्सिलोनासँग वैकल्पिक खेलाडी धेरै रहेका छन् । ब्राजिलका म्कलम, राफिन्हा, भिडाल, रोर्बेटो जस्ता खेलाडीहरु टिममा स्थान बनाउन सघर्ष गरिरहेका छन् । मुख्य प्रशिक्षक भाल्डभारेले हाल ४-३-३ फर्मेशनमा खेलाइरहेका छन् । तर गोल स्कोरमा समस्या बढेपछि उनीमाथी थप दबाब बढेको छ । यदि भाल्डभारेले यो सिजनको च्याम्पियान्स् लिग नजिताए उनको क्याम्प नोउ भविस्य सकिनेछ । यसका लागी उनले धेरै मेहनेत समेत गरिरहेका छन् । मंहगो मूल्यमा आएका फिलिपे कोटिन्होले आफ्नो लय कायम गर्न नसकेपछि समस्या बढेको छ ।

मिडफिल्डमा मेसी र कोटिन्होको तालमेल मिलिरहेको छैन् । पछिल्लो समय इभान राकेटिक र कोटिन्होको डि बक्स बाहिरबाट सटहरु निस्कन सकिरहेको छै्रन । यसले पनि बार्सिलोनाको स्कोरमा प्रभाव पारिरहेको छ । भरपर्दा डिफेन्डर उमटीटी घाइते हुदाँ राकेटिक डिफेन्सिफ मिडफिल्डको भुमिकामा रहका छन् ।

यदि नेइमार बार्सिलोनामा फर्किए । उनले डेम्बेलेकै स्थानमा खेल्नेछन् । यसो हुदाँ महंगो मूल्यमा नेइमार भित्र्याएर बार्सिलोनाले ठूलो प्रगति गर्न सक्दैन । किनकी उनले बार्सिलोना छोडेर ठूलो गल्ति गरिसकेका छन् । बार्सिलोना समर्थकले दिएको माया र सम्मानलाई उनले लत्याइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.