खुला विश्वविद्यालयमा विद्यार्थीको उत्साहपूर्ण सहभागिता, २ वटा नयाँ विषय थपिँदै

  २०७५ पुष ३० गते ११:४५     राजाराम न्यौपाने

काठमाडौँ । नेपालकाे पहिलाे विश्वविद्यालयकाे रुपमा रहेकाे नेपाल खुला विश्वविद्यालयमा विद्यार्थीहरुकाे उत्साहपूर्ण सहभागिता देखिएकाे छ । विश्वविद्यालयमा यस वर्ष कुल ६२६ जना विद्यार्थी अनलाइनकाे माध्यमद्वारा नियमित रुपमा पढिरहेका बताइएकाे छ ।

खुला विश्वविद्यालयमा स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न ७४० विद्यार्थीले आवेदन दिएका थिए । खुला विश्विद्यालय पहिलो पटक सञ्चालनमा आएकाले धेरै विद्यार्थीले भर्ना हुन इच्छा देखाए पनि स्रोत र साधनको सीमितताले सिमीत विद्यार्थीहरुलाई मात्रै लिएको बताए । भर्ना भएका विद्यार्थीमध्ये ९५ प्रतिशत नियमित अध्ययनमा सहभागि रहेकाे विश्वविद्यालयले जनाएकाे छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माका अनुसार ३ अाेटा संकायमा कुल १६ अाेटा विषयमा उक्त संख्यामा विद्यार्थीले अध्ययन गरेका हुन् । उनले देशलार्इ अावश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले विद्यार्थीमैत्री वातावरण सिर्जना गर्न विश्वविद्यालय अग्रसर भएकाे र यसमा विद्यार्थीकाे सहभागिताले उत्साहित बनाएकाे बताए । ‘हामीले विद्यार्थीको चाहाना र माग अनुसर म्यानेजमेन्ट एमफील पिएचडी र कानुन संकायको डिप्लोमा कोर्ष ल्याउने तयारीमा लागेको हो । सोचेकोभन्दा पनि बढी विद्यार्थीहरुले खुला विश्वविद्यालयमा चासो र सहभागिता जनाएका छन्, यसले हामीलार्इ थप हाैसला मिलेकाे छ ।’ उपकुलपति शर्माले भने ।

खुला विश्वविद्यालयका कुल सचिव कमल ढकालका अनुसार सामाजिक शास्त्र तथा शिक्षामा संकायमा विभिन्न १० वटा विषयमा ३१३ जना अध्ययन गरिरहेका छन् । विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायमा एमफिल इन आईसीटीमा ४० जना र मास्टर्स इन इ–गर्भनेन्समा ५२ जनाले अध्ययन गरिरहेका छन् । दुबै विषयमा गरि सो संकायमा ९२ जनाले अध्ययन गरिरहेको बताए । व्यवस्था तथा कानुन संकायमा ४ वटा विषयमा २२१ जनाले अध्ययन गरिरहेको छन् ।

यस्तो छ खुल्ला विश्वविद्यालयमा विषय अनुसारको शुल्क

कोर्ष सम्पन्न गर्न न्युनतम २४ हजार ४०० देखि १ लाख ६७ हजार ३०० लाग्नेछ । खुला विश्वविद्यालयमा किस्तामा पनि पढ्न सकिनेछ । यो शुल्क अन्यको भन्दा सस्तो भएको विश्वविद्यालयको दाबी छ ।

खुला विश्वविद्यालयमा विद्यार्थीले कसरी अध्ययन गर्छन त ?

मुडलको युजर आईडीमा जुनसुकै स्थानमा रहेर पनि आफ्नो अनुकुलता अनुसार बुझ्न सकिन्छ । नबुझेका कुरा विद्यार्थीले पढाई भैरहेको बेला मुडलमार्फत प्रश्न गर्न सक्छ । गरेका प्रश्नको उत्तर दिन सक्ने कोही छ भनेर सोध्छौ‌ं । तर त्यसको उत्तर राम्रो आएन भने शिक्षकले नै प्रश्नको उत्तर दिने छन् । हामीले कुनै पनि विषयको पढाई हुनु भन्दा पहिले नै यो दिन यो विषयको यो शिक्षकले पढाउने छन् भनेर मुडलमा जानकारी हुन्छ । र विद्यार्थी त्यो समयमा आउन सकेन भने पनि उसले त्यो सामाग्री पछि मुडलमा हेर्न सक्छन् र नबुझेका प्रश्न गर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.