सिन्धुज्वाला हाइड्रोपावरको दास्रो साधारणसभा,  सञ्चालकमा ध्रुवकुमार पोखरेल नियुक्त

  २०७५ पुष २९ गते १७:५६     विकासन्युज

काठमाडाैं । सिन्धुज्वाला हाइड्रोपावरले आफ्नो दोस्रो साधारणसभा काठमाडौँमा सम्पन्न गरेको हो । सञ्चालक समितिले रिक्त रहेको सञ्चालक पदमा ध्रुवकुमार पोखरेललाई नियुक्त गरेको थियो ।

कम्पनीका अध्यक्ष चुर्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा जलविद्युत क्षेत्रको वर्तमान अवस्था तथा कम्पनीले निर्माण गर्न लागेको नेसम खोला जलविद्युत आयोजनाको अवस्थाका बारेमा गणेशकुमार श्रेष्ठले जानकारी गराएका छन् । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं ३ मा ४३ मेगावाटको अपर नेसम खोला जलविद्युत आयोजना र २१ मेगावाटको अपर नेसम खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


साधारणसभाले आर्थिक प्रतिवेदन २०७४/०७५, लेखापरीक्षकको प्रतिवेदन २०७४/०७५, वित्तीय अवस्थाको विवरण, आय विवरण तथा सो अवधिको नगद प्रवाह विवरण पारित गर्दै आर्थिक वर्ष २०७५/०७६ को लागि लेखापरीक्षक नियुक्त गरेको छ ।  आयोजना प्रमुख देवेन्द्र केसीले आयोजनाको कार्यप्रगति तथा आयोजना निर्माणको अवस्थाको जानकारी गराएका छन् । कम्पनीका सञ्चालक इ. ध्रुवकुमार पोखरेलले आयोजनाको प्राविधिक पक्षको बारेमा जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.