छैठौं  नेपाली टोपी दिवसको अवसरमा अहिलेसम्मकै ठूलो टोपी प्रदर्शन

  २०७५ पुष १७ गते ११:४४     विकासन्युज

काठमाडौं । ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ छैठौं नेपाली टोपी दिवस भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत राजधानी काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । समापन कार्यक्रममा बोल्दै जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्न माग गरेका छन् ।

कार्यक्रममा उपस्थिती हुनुभएका पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाली टोपी जगेर्ना गर्नु सबैको दायित्व भएको बताए । सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि हामीले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउदै आएका छ ।

विश्वमा हरेक मुलुकको आ–आफ्ना मौलिक पहिचान छ । त्यसकारण हामी पनि राष्ट्रिय पहिचानको खोज्नु पर्ने बताएका छन्र ।  त्यसका लागि  ५ बर्षदेखि विभिन्न अभियानहरु संचालन गर्दै आईरहेको जागरुक युवा अभियान नेपालले अंग्रेजी नयाँ बर्षका दिनलाई नेपाली टोपी दिवसका रुपमा मनाएकाे छ । विगतदेखि नै नेपालीलाई चिनाउदै आएको ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.