आठौं वार्षिकोत्सवको अवसरमा सिभिल बैंकद्धारा विभिन्न कार्यक्रमहरु सम्पन्न

  २०७५ पुष १६ गते १८:०७     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा विभिन्न जिल्लामा सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकले वीरगंज, विराटनगर, पोखरा, भैरहवा, नेपालगंज, नारायणगढ, हेटौडा, मणीग्राम, बनेपा, इटहरी, बिराटचोक, धनगढि, घोराही, दमक शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

त्यस्तै, धादिङ्गबेशी, मेलम्ची, आरुघाट, सिन्धुली, फिदिम, विजुवार, गाईघाट, सल्यान, रुकुम, ओखलढुंगा, घोराही, मालिङ-क्व्होलासोंथर, भुलभुले, राइनास, बाहृबीसे, लेखनाथ, बेशीशहर, गौंडा, याङवरक, माईजोगमाई, जानकी, माण्डवी, सुनवर्सी, पकाहमैनपुर, आदर्श शाखाहरुबाट सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई जनही ५००० रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ ।

साथै, बैंकले वार्षिकोत्सवकै दिनमा पशुपति क्षेत्रमा ३०० वटा बृक्षारोपण गरी उक्त विरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने जिम्मेवारी पनि वहन गरेको थियो । साथै कमलादी शाखा, काठमाडाैंमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

बैंक यसै समाजमा संचालित हुने हुँदा समाजलाई थोरै नै भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.