पाँचथर पावरलाई १९ करोड २५ लाखको आईपीओ जारी गर्न बोर्डले दियो अनुमति

  २०७५ पुष १५ गते १७:३१     विकासन्युज

काठमाडौं । पाँचथर पावर कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयबासिन्दा र सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँको दरले कुल १९ लाख २५ हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीले स्थानीयबासिन्दालाई ९ लाख ६२ हजार ५०० कित्ता र सर्वसाधारणलाई ९ लाख ६२ हजार ५०० कित्ता गरी सो मात्राको आईपीओ बिक्री गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले सो मात्राको सेयर निष्काशन गर्न कम्पनीलाई अनुमति दिइसकेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.