१६२ कम्पनीको सेयर मूल्यमा वृद्धि, क-कसले कमाए ९ प्रतिशत बढी ?

  २०७५ पुष ११ गते १६:०५     विकासन्युज

काठमाडौं । बुधबारको बजारमा कुल १७३ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १६२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । बाँकी ११ वटा कम्पनीको सेयर मूल्य सामान्य अंकले ओरालो लागेको छ ।

सेयर मूल्य वृद्धि भएका मध्ये ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी नागरिक लगानी कोषका लगानीकर्ताले ९.९९ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता १९२५ रुपैयाँ रहेको छ । त्यस्तै, विशाल बजार कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७८७ रुपैयाँ रहेको छ ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ९.९३, मल्टिप्रपोज फाइनान्स कम्पनीको ९.६६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९.४५ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ९.१९ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यसैगरी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.३२ प्रतिशत कमाएका छन् भने अन्य बाँकी कम्पनीका लगानीकर्ताले ७ प्रतिशतभन्दा कम कमाएका छन् ।

उता सबैभन्दा बढी गण्डकी विकास बैंकका लगानीकर्ताले ५.७९ प्रतिशत गुमाएका छन् । गुमाउने मध्ये अन्य बाँकी १० कम्पनीका लगानीकर्ताले ३ प्रतिशतभन्दा कम गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.