भारुमा प्रतिबन्धपछि भारतमा तरंग, नेपालले बदला लिएको भारतीय निष्कर्ष

  २०७५ पुष १ गते ९:०९     विकासन्युज

काठमाडौं । नेपाल सरकारले भारु २ सय, ५ सय र २ हजार दरका नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि भारतमा तरंग उत्पन्न भएको छ ।
नेपालले भारतसँग बदला लिएको निष्कर्ष भारतीय मिडियाहरुले निकालेका छन् ।

भारतले नोट बन्दी गरेसँगै नेपालमा रहेका ५ सय र एक हजार दरका भारतीय नोट सटही नगरेपछि नेपालले त्यसकै बदला स्वरुप भारतीय नोटमा प्रतिबन्ध लगाएको सञ्चार माध्यमहरुले लेखेका छन् । मंसिर २४ गतेको मन्त्रिपरिषद बैठकले २ सय, ५ सय र २ हजार दरका भारतीय नोटमाथी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

भारतले सन २०१६ को नोभेम्बरमा ५ सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो । नेपालमा वैधानिक रुपमा रहेका करोडौं दरका नोट भारतले साटिदिएको छैन् । नेपाल र भारतका नागरिकले एक अर्काे देशको मुद्रा २५ हजार रुपैंयाँसम्म बोक्न पाउने सुबिधा थियो । तर सो सुबिधा अनुसार भारतीय नोट नसाटिएपछि नेपालले आपक्ति जनाउँदै आएको थियो ।

तीन जना नेपाली प्रधानमन्त्रीले भारत भ्रमण गरेर नोट साटिदिन आग्रह गर्दा पनि भारतले अटेर गर्दै आएको थियो । नेपालका अर्थ विज्ञ तथा उद्योगीहरुले भारतीय नोट माथी पुर्ण प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाउँदै आएका थिए ।

बिबिसीको भारतीय संस्करणले नेपालमा पुनः भारत बिरोधी भावनामा बढ्दै गएको उल्लेख गरेको छ । बिबिसीका अनुसार नेपालले भारतीय नोटमा प्रतिबन्ध लगाउँदा भारतलाई कुनै असर नगर्ने बरु नेपालको तराई मधेश क्षेत्राका नागरिकहरुमा नकारात्मक प्रभाव पर्ने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.