पोखरा फाइनान्स गोरखाको पालुङटारमा

  २०७५ मंसिर २८ गते १६:१३     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गोरखाको पालुङटारमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङ तथा पालुङटार नगरपालिकाका नगर उप-प्रमुख पम्फा बसेलले संयुक्त रुपमा गरेका छन् ।

उक्त कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ, पालुङटार इकाईका उपाध्यक्ष आशिष देवकोटा तथा बजार व्यवस्थापन समितिका अध्यक्ष तेजु गिरी, समाजसेवी विमल ढकालले मन्तव्य दिएका छन् । साथै वित्तीय संस्थाका कार्यकारी प्रमुखबाट स्वागत एवं अध्यक्ष भुवनसिंङ गुरुङले धन्यवाद दिएका छन् ।

चुक्ता पुँजी ८५ करोड ७२ अर्ब रुपैयाँ रहेको यस वित्तीय संस्थाले उक्त नयाँ शाखा मार्फत् निक्षेप एवं कर्जा, मोबाइल बैंकिङ तथा एटीएम लगायतका सेवा दिने कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.