ज्योति विकास बैंक कास्कीको घान्द्रुकमा, थप ९ वटा शाखा खोल्ने

  २०७५ मंसिर २४ गते १६:२६     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कास्की जिल्लाको घान्द्रुकमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन अन्नपूर्ण गाउँपालिका वडा नं १० का अध्यक्ष कुमार गुरुङ्ग तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.