माछापुच्छ्रे बैंकले एकैसाथ खोल्यो ३ नयाँ शाखा

  २०७५ मंसिर २१ गते १५:३७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकैसाथ ३ शाखा कार्यालयको विस्तार गरेको छ । बैंकले शुक्रबार मकवानपुरको हेटौंडा, चितवनको इच्छा कामना र चितवनको कालिका शाखा कार्यालयको शुरुवात गरेको छ ।

हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जय मुकुन्द खनाल र हेटौंडा उप-महानगरपालिकाका मेयर हरिबहादुर महतले संयुक्त रुपले गरेका हुन् ।

त्यसैगरी इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले तथा कालिका शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

हाल बैंकले ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा मार्फत बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको १०६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.