आर्थिक पत्रकार संघमा १९ सदस्यीय नयाँ कार्यसमिति

  २०७५ मंसिर २१ गते १५:२०     विकासन्युज

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । शुक्रबार राजधानीमा आयोजित संघको चौथो महासभाले सीताराम भट्टराईको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

त्यस्तै, उपाध्यक्षहरुमा इन्द्र बाँनिया, राजेश बर्मा र छविलाल बगाले निर्वाचित भएका छन् । यसैगरी संस्थाको महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की र सहसचिवमा विजय दमासे निर्वाचित भएका छन् ।

कार्यसमितिको कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् । महासभाले १९ सदस्य केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल सर्वसम्मतले निर्वाचित भएका छन् ।

नाफिजको महासभाको उद्घाटन अर्थमन्त्री डा। युवराज खतिवडाले गरेका थिए भने सूचना तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले महासभाको समापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.