अमेरिका विद्यार्थी पठाउनेमा नेपाल १० औँ स्थानमा, ३ बर्षयता अमेरिका जाने नेपाली विद्यार्थी बढे

  २०७५ कार्तिक २९ गते १७:१९     विकासन्युज

काठमाडौं। उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका जाने नेपाली विद्यार्थीको सङ्ख्या यो वर्ष पनि बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानसम्बन्धी ओपन डोर्स प्रतिवेदनले बितेका तीनवर्षयता अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको सङ्ख्यामा १५.३ प्रतिशतले वृद्धि भएको जनाएको हो ।

“लगातार तीन वर्षदेखि अमेरिका अध्ययनार्थ जाने नेपाली विद्यार्थी बढेका छन् जुन अहिले १३ हजार २७० पुगेको छ । अमेरिका विद्यार्थी पठाउने पच्चीस देशमा रहेको नेपाल अहिले १० औँ स्थानमा उक्लिएको छ”, प्रतिवेदनमा भनिएको छ । प्रतिवेदन अनुसार अमेरिकामा उच्च शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या १० लाख नाघेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.