बज्र इनर्जीले २४.८ मेगावाटको मादी आयोजना निर्माण गर्ने, सरकार लाइसेन्स दिने तयारीमा

  २०७५ कार्तिक १ गते १४:४१     विकासन्युज

काठमाडौं । बज्र इनर्जी भेन्चर्स प्राइभेट लिमिटेडले २४.८ मेगावाटको बज्रमादी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीलाई विद्युत विकास विभागले विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने तयारी थालेको छ ।

विभागले ३५ दिने सुचना प्रकाशित गरेर सरोकारवालासंग रायसुझाव मागेको छ । बज्रमादीले ३५ दिनपछि आयोजनाको लाइसेन्स पाउने छ । नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाबाट १४ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । १२.४ मेगावाटको २ वटा फ्रान्सिसको टर्वाइन जडान गर्नुपर्ने कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली ७.२ किलोमिटर लामो १३२ केभी क्षमताको लेखनाथ सवस्टेशनमा जोडिने छ । आयोजनाको मुल संरचना मादी गाउँपालिकाको हरियो स्वरामा पर्छ । विद्युतगृह सोही गाउपाँलिकाको इदीदेउरालीमा पर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.