गाउँंगाउँंमा सिंहदरबार बनाउँदै गोर्खा इको प्यानल

  २०७५ असोज १८ गते १५:५२     विकासन्युज

काठमाडौं । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलले गाउँंगाउँंका भौतिक संरचनाको निर्माणलाई तीव्रता दिएको छ । गाउँंगाउँंमा सिंहदरवार भने पनि सरकारले त्यहाँंको भौतिक संरचना निर्माण आवश्यकता अनुसार बनाउन नसकिरहेको बेला गाउँंगाउँंका गाउँंपालिका, नगरपालिकाका कार्यालयहरु, स्वास्थ चौकी, स्कुललगायतका भबन गोर्खा इको प्यानलको प्रयोगबाट बनिरहेको हो ।

गोर्खा इको प्यानल आधुनिक ढलान निर्माण सामाग्री हो । बाहिरी तथा भित्री पार्टेशन वाल (पर्खाल) को रुपमा यसको प्रयोग हुन्छ । यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । किनकि यो पहिला नै कारखानामा निर्माण सम्पन्न गरी निर्माणस्थलमा जोडे मात्रै हुन्छ ।
गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले प्यानलबाट पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पुगेका जनाए । हिमाल, तराई, पहाडका जिल्लाहरुमा पनि यसको विशेष माग रहँंदै आएको उनले सुनाए । विशेष गरेर विकट पहाडी जिल्लाहरु जहाँं निर्माण सामाग्रीहरु पुयाउन गाह्रो हुन्छ, त्यस्तो ठाउँंमा यसको विशेष माग रहने गरेको उनले सुनाए । यसको प्रयोग गर्दा सिमेन्ट, वालुवा, पानी पनि नचाहिने हुनाले विकट ठाउँंमा यो बहुउपयोगी भएको उनले सुनाए ।

सीईओ इन्जिनियर दुवालका अनुसार अहिलेसम्म धादिंगको सिद्धलेक गाउँंपालिका कार्यालय र वडा कार्यालयहरु, अर्घाखाँंचीको भूमिकास्थान नगरपालिकाको भबन, सोलुखुम्वूको दुर्लुग दुधकोशी गाउँंपालिका, रामेछापको खाँंडादेवी गाउँंपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँंपालिका, सिन्धुपाल्चोकको इन्द्रवती गाउँंपालिकाका कार्यालयहरु बनाएका छन् । साथै अन्य सरकारी भबनहरु जस्तै मुस्ताग, जुम्ला, दोलखा, संखवासभाका पशु सेवा केन्द्रहरु बनाएका छन् । साथै उपल्लो मुस्तागको च्यांग्राफार्म, दोलखाको पशु विकास फार्म, नेपाली सेना अन्तर्गत संखुवासभाकोे मकाल वरुण राष्टिय निकुञ्ज अनि वाग्लुगको ढोरपाटन सिकार आरक्ष क्षेत्र, काठमाडौंको शिवपुरी राष्टिय निकुञ्जमा आर्मी क्याम्पहरु बनाएका छन् ।

सीईओ इन्जिनियर दुवुाल तीव्र निर्माणका लागि यस्ता प्यानलहरुको प्रयोग जरुरी रहेको औल्याउँंछन् । ‘अहिले बजारमा विभिन्न प्रकारका निर्माण सामाग्रीहरुको उत्पादन भइरहेका छन् । परम्परागत विधि अपनाई बनाउने हो भने एउटा साधारणतया एकतल्ले भबन बनाउन घटीमा पनि एक वर्ष लाग्छ । यस्तो अवस्थामा तीव्र पुननिर्माण सम्भव छैन, सीईओ इन्जिनियर दुवालले थपे, तीव्र निर्माण सम्पन्न गर्ने हो भने प्रिफ्याविकेटेट् प्रविधि अपनाउनपर्छ । यसको मतलब कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा लगी जोड्ने निर्माण समाग्रीको प्रयोगमा जोड दिनुपर्छ ।’ यसले गाउँंघरको जनशक्ति अभाबको समस्यालाई पूर्ति गरिदिने उनी सुनाउँंछन् । साथै गुणस्तर कायम हुने उनको दावी छ । साथसाथै हलुका भएकोले निर्माणस्थलसम्म सजिलै पुयाउन सकिने उनी सुनाउँंछन् ।

अधिकांश युवाहरु विदेश पलायन भएका कारण गाउँंमा काम गर्नसक्ने दक्ष जनशक्तिको अभाब रहेको सुनाउँंदै उनी भन्छन्, ‘नेपालको विकट भूवनावटका कारण निर्माण सामाग्री ढुवानी गर्न महँंगो छ । वालुवा, सिमेन्ट, ढुंगा, इटा लान कठिन छ । यस्तो अवस्थामा तीव्र निर्माण होइन, निर्माण नै हुन सकिरहेको छैन । दक्ष जनशक्तिको अभाबमा गाउँंकै निर्माण सामाग्री प्रयोग गर्ने हो भने पनि गुणस्तरीय छैन ।’ यस्तो अवस्थामा समस्याको समाधान भनेको गाउँंसम्म लैलान सजिलो हलुका, कारखानामै पहिला गुणस्तर परीक्षण गरी बनाइएको प्रिफ्विकेटेट निर्माण सामाग्रीको प्रयोग गर्नु उपयुक्त हुने उनको भनाई छ ।

गाउँंगाउँंमा सिंहदरवार बनाउने सरकारी सपना पूरा गर्ने हो भने नेपाल सरकारले नीतिगत रुपमै स्थानीय निकायहरुको भौतिक संरचना निर्माण गर्न स्वदेशमै निर्मित प्रिफ्याब प्यानलहरु प्रयोग गरेर बनाउनुपर्ने उनको सुझाब छ । यसो भयो भने मात्रै यो नाराले सार्थकता पाउने उनको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.