ओलीले भने-‘निर्मला हाम्री पनि छोरी हुन्’

  २०७५ असोज १ गते १२:३२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी चेली निर्माला पन्त आफ्नो पनि छोरी भएको बताएका छन् । सोमबार ज्ञापन पत्र बुझाउन आएका निर्मलाका बुवा आमासँगको भेटमा ओलीले निर्माला आफ्नो पनि छोरी भएको बताएका हुन् ।

‘निर्माला हाम्री पनि छोरी हुन्, उनले न्याय पाउँछिन् र अरु छोरीहरुले यस्तो भोग्नु पर्नेछैन ।’-ओलीले भने । प्रधानमन्त्री ओलीले पन्तका हत्यारालाई कारवाही गर्न उच्चस्तरिय समिति गठन गरेको र कुनै हालतमा कारवाही गरेरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.