बाहिरी चक्रपथको काम रोकिनुको कारण १५ दिनभित्र पेश गर्न विकास समितिको निर्देशन

  २०७५ भदौ १९ गते १२:४८     विकासन्युज

काठमाडौँ । संघीय संसद अन्र्तगतको विकास समितिले बाहिरी चक्रपथको काम रोकिनुको कारण १५ दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले बाहिरी चक्रपथ अन्र्तगत चोभारदेखि सतुङगलसम्म ६.६ किलोमिटरको काम रोकिएपछि समितिले शहरी विकास मन्त्रालयलाई कारण पेश गर्न भनेको हो ।

त्यसक्षेत्रमा जग्गाको कित्ताकाटका कारण सरकारलाई चक्रपथ निर्माणको काम अघि बढाउन समस्या भएको हो । चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी दूरीको ३.५ वर्ग किमी क्षेत्रमा अनुमानित ७ हजार व्यक्तिको जग्गा छ । करिव ९८ प्रतिशतभन्दा बढी जग्गाधनीले चक्रपथ निर्माण गर्न सहमति दिएपनि कित्ताकाटको समस्याले काम अवरुद्ध भएको हो । बाहिरी चक्रपथको सो खण्डमा त्रिभुवन, पृथ्वी, काठमाडौँ–तराई दु्रतमार्ग र काठमाडौँ–केरुङ मार्गसमेत जोडिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.