माछापुच्छ्रे बैंकको थप ४ शाखा रहित बैंकिङ्ग सेवा, रियल टाइममानै खाता खोल्न मिल्ने

  २०७५ साउन ३० गते १६:२७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले मुस्ताङ्गमा ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले मुस्ताङ्गको मार्फा, कागबेनी, लेते र लोमन्थाङ्गमा गरी ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

यो सहित बैंकको हालसम्म २५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आइसकेका छन् । उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको बैंकले जनाएको छ ।

साथै, बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

हाल बैंकले ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.