गगन थापालाई माफी मगाउन दुताबासमा पत्र

  २०७५ साउन १४ गते १८:३६     विकासन्युज

काठमाडौं । काँग्रेस नेता गगन थापालाई माफी मगाउन भन्दै बंगलादेशस्थित नेपाली  दुताबासमा पत्र दर्ता भएको छ । बंगलादेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको संस्थाले गगन थापाले माफी माग्नुपर्ने भन्दै दुताबासमा पत्र दर्ता गराएका हुन् ।

उनीहरुले काँग्रेस नेता गगन थापाले बंगलादेशमा अध्ययन गर्ने विद्यार्थीहरुले भ्रमपुर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै स्पष्टीकरणसहित माफी माग्नुपर्ने भन्दै दुताबासमा ध्यानाकर्षण पत्र दर्ता गराएका हुन् ।

उनीहरुले बी एण्ड सी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईलाई कानुन अनुसार कारवाही गर्न पनि माग गरेका छन् । उनीहरुले बंगलादेशमा चरणवद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेका छन् । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुका बारेमा नेपालमा जारी बहसले आफुहरुको आत्म सम्मानमा ठेस पुगेको आरोप पनि उनीहरुले लगाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.