रक्सौल-वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्गको अध्ययन शुरु

  २०७५ जेठ २५ गते १६:२८     खेमराज श्रेष्ठ

काठमाडौं । रक्सौल-वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्गको प्रारम्भिक अध्ययन शुरु भएको छ । रेलमार्ग अध्ययनको लागि भारतीय टोलीले चोभारस्थित स्टेशनको अध्ययन गरेको हो ।

भारतीय रेल अध्ययन टोली बिहिबार नै नेपाल आएको रेल विभागका प्रवत्ता प्रकाशभक्त उपाध्यायले बताए । उनका अनुसार शुक्रबार टोलीले चोभारस्थित डिपोको अध्ययन गरेको र शनिबार वीरगञ्जको अध्ययन गर्नेछ । भारतीय टोली शनिबार विरगञ्जको अध्ययन गरी पर्किने उनले जानकारी दिए । नेपालको मन्त्रिस्तरको टोलीले भारतको भ्रमण गरी यस आयोजनालाई थप टुङगोमा पुर्याउने तयारी गरीएको उपाध्यायले बताए ।

रेलमार्ग निर्माणका लागि रेल विभागले ६ वटा कम्पनीले पेश गरेको आर्थिक र प्राबिधिक प्रस्तावका आधारमा एउटा कम्पनीलाई छान्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।

रेल विभागले सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा १५ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर आर्थिक तथा प्राबिधिक प्रस्ताव मागिएको थियो ।

ती प्राबिधिक प्रस्तावहरुको अध्ययन गरेर उच्चतम प्रबिधी र न्युनतम आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई सम्भाव्यता अध्ययनको जिम्मेवारी दिन लागिएको हो ।त्यसरी तयार भएको सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा डिपिआर निर्माण र रेल मार्ग निर्माणको काम अघि बढाइनेछ ।

विभागले २०७३ मंसिर १९ गते काठमाडौं–वीरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनी खोज्न ग्लोबल टेण्डर आव्हान गरेको थियो । विभागले सम्भाव्यता अध्ययनका लागि ७ करोड बजेट विनियोजन गरेको थियो ।

करिब २ सय किलोमिटर लामो हुने पुर्वानुमान गरिएको काठमाडौं-वीरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनपछि डीपीआर निर्माण गरिने योजना विभागले बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.