विदेश पढ्न जाने विद्यार्थीलाई १४ प्रतिशत कर थपियो

  २०७५ जेठ २४ गते १५:५५     विकासन्युज

काठमाडौं । सरकारले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यर्थीहरुमा कर थपिदिएको छ । आगामी आर्थिक बर्षको बजेटले मार्फत उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरुलाई भ्याट र २ प्रतिशत शिक्षा सेवा शुल्क लगाएको हो । यस अघि विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले विदेशी मुद्रा सटही गर्दा १ प्रतिशत सेवा शुल्क मात्र लिइन्थ्यो ।

‘विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा दुई प्रतिशत शिक्षा सेवा शुल्क लगाइने र असुल उपर गरिनेछ ।– आर्थिक बिधेयक २०७५ मा लेखिएको छ । त्यस्तै, अब शैक्षिक परामर्श उपलब्ध गराउने कन्सल्ट्यान्सीहरु भ्याटको दायरामा तानिएका छन् । उनीहरुले विद्यार्थीसँग असुल्ने सेवा शुल्कमा १३ प्रतिशत भ्याट तिर्नुपर्नेछ । सो भ्याट समेत विद्यार्थीहरुबाटै असुलिेनछ । ‘कन्सल्ट्यान्सीहरुले विद्याथीबाट लिने सेवा शुल्कमा १३ प्रतिशत भ्याट लिने व्यवस्था गरिएको हो, एक प्रतिशत शिक्षा सेवा शुल्क पनि वृद्धि गरेका छौं’, अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुंगानाले भने ।

विदेश पढ्न जाने नेपाली विद्यार्थीहरुले सटही गरेको विदेशी मुद्राको २ प्रतिशत शिक्षा सेवा शुल्क तिर्नु पर्छ । त्यस्तै, कन्सल्ट्यान्सीलाई बुझाएको सेवा दस्तुरमा १३ प्रतिशत भ्याट तिर्नुपर्छ । हाल युरोपियन देशहरुमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुबाट कन्सल्ट्यान्सीहरुले एक हजार डलर सेवा शुल्क लिँदै आएका छन् । युरोपियन देशका शैक्षिक संस्थाहरुले उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी पठाउँदा कमिसन नदिने भएकाले एक हजार डलरसम्म सेवा शुल्क उठाउँदै आएका छन् ।

अन्य देशहरुका हकमा भने २५ हजारसम्म सेवा शुल्क तोकिएको छ । विद्यार्थीहरुले युरोपियन मुलुकमा अध्ययनका लागि जाँदा १३ डलर भ्याट वापत १३० डलर बुझाउनुपर्छ । त्यस्तै, ती देशमा जाँदा लाग्ने १२।१५ लाखको रुपैंयाँको २ प्रतिशत शिक्षा सेवा शुल्क तिर्नुपर्छ । त्यस बाहेक भाषा अध्ययनका लागि तिरिएको रकममा पनि भ्याट भने तिर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.