आज पनि सेयर कारोबार ठप्प पार्ने, लगानीकर्ता धर्ना दिन धितोपत्र बोर्डमा

  २०७५ जेठ २३ गते ९:२९     विकासन्युज

काठमाडौं । सरकारले बोनस सेयर र हकप्रद सेयरमा लगाएको लाभकरको विरुद्धमा आज वुधबार पनि लगानीकर्ताले सेयर कारोबार ठप्प पार्ने भएका छन् ।  सरकारले लाभकर नहटाएसम्म कारोबार ठप्प पार्ने नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले बताए । उनले बुधबार पनि सेयर कारोबार नहुने र ब्रोकर कार्यलयमा अनुगमनमा जाने उनले बताए ।

लगानीकर्ताले बिहान धितोपत्र बोर्डमा धर्ना दिने भएका छन् । मंगलबार कारोबार ठप्प पारे थिए । माग पुरा नभएसम्म सेयर कारोबार हुन नदिने लगानीकर्ताको भनाई छ ।

यता सरकारले लाभकरको अध्ययन गर्न समिति गठन गरेपनि लगानीकर्ताले यसलाई अस्वीकार गर्दै आन्दोलन चर्काउनले बताएका छन् । अर्थमन्त्रालयका राजश्व सचिव शिशीर ढुङानाले प्रतिवेदन नआएसम्म लाभकरको निर्णय फिर्ता नहुने स्पष्टपारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.