अब राजस्व तिरेकै दिन ‘स्मार्ट लाइसेन्स’ हातमा, थपिए ४ वटा छाप्ने मेसिन

  २०७५ जेठ २३ गते ९:३०     खेमराज श्रेष्ठ

काठमाडौं । अब राजश्व तिरेकै दिन स्मार्ट लाइसेन्स पाइने भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्सको परिक्षा लगायतका सबै प्रक्रिया पुरेर गरेर राजश्व तिरेकै दिन लाइसेन्स वितरण गर्ने तयारी थालेको हो । त्यसका लागि विभागले लाइसेन्स छाप्ने ४ वटा मेसिन भित्र्याईसकेको छ । हालसम्म विभागले पाँच वटा मेसिनबाट लाइसेन्स छाप्दै आएको थियो ।

अब ९ वटा मेसिनले स्मार्ट लाइसेन्स छाप्नेछ । एउटा मेसिनले दैनिक ३ सय वटा लाइसेन्स छाप्न सक्छन् । विभागले आगामी २ महिनापछि राजश्व तिरेकै दिन लाइसेन्स उपलब्ध गराउन लागेको हो । ‘हामिले लाइसेन्स छपाइ गर्ने ४ नयाँ मेसिन आइसकेको छ, यसबाट हामीले दैनिक २५०० उत्पादन गर्न सक्नेछौं विभागका निर्देशक तुलसीराम अर्यालले विकासन्युजसँग भने ।’

विभागले आजदेखि दैनिक विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म लाइसेन्स छपाई सुरु गरेको छ ।

विभागका निर्देशक तुलसीराम अर्याल

विभागले २०७२ मंसिर २० बाट वितरण गर्दै आएको स्मार्ट लाइसेन्स लिन सेवाग्राहीले समस्या भोग्दै आएका छन् । अहिले विभागसँग ५ वटा मेसिन रहेको छ, यी मेसिनबाट दैनिक १५ सय वटा डिजिटल लाइसेन्स छापिइरहेको छ । अब ४ नयाँ मेसिनबाट दैनिक २५ सय डिजिटल लाइसेन्सको उत्पादन हुने विभागले अनुमान गरेको छ ।

डिजिटल लाइसेन्स समयमै निर्माण नहुँदा हजारौं व्यक्तिहरु विभागको राजस्व तिरेकाे रसिदबाट सवारी सञ्चालन गरिरहेका छन् । अहिले दैनिक ४ हजार स्मार्ट लाइसेन्स माग रहेको छ । नयाँ थपिएको ४ मेसिनबाट १२ सय जति डिजिटल लाइसेन्स बनाउन सकिनेछ ।

यसबाट अझै दैनिक १३ सय लाइसेन्स निर्माण गर्ने मेसिन आवश्यकता हुन्छ । विभागले  ट्रायल परिक्षा उत्तिर्ण गरेका २ लाख भन्दा बढी व्यक्तिको लाइसेन्स छपाई गर्न बाँकी रहेको छ ।

विभागको अनुसार अहिले सबैभन्दा धेरै मोटरसाइकलको लाइसेन्स निर्माण गर्न बाँकी रहको छ ।  विभागले नयाँ लाइसेन्सस परिक्षामा भाग लिन दैनिक अनलाइन फारम मार्फत ३ सय ६० कोटा मात्र लिने गरेको छ ।

विभागमा ३० लाख ५३ हजार सवारीसाधन दर्ता भएका छन् । त्यसमध्ये २४ लाख ६ हजार मोटरसाइकल, ४८ हजार ४५८ ठुलाबस, २४ हजार ८७२ मिनीबस, ८३ हजार ७१० ट्रक, कार र जीपको संख्या २ लाख ७० हजार ६६५, पिकअप ५१ हजार ९०, माइक्रोबस ६ हजार ६५७, ट्याम्पु ३९ हजार ५७५ रहेका छन् । ट्याक्टर र पावर टेल १ लाख ८५६ रहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.