आर्थिक सर्वेक्षण सार्वजनिक : ६० लाख जनसंख्या गरिबीको रेखामुनी, बचत १५ प्रतिशत मात्र

  २०७५ जेठ १३ गते १४:२४     विकासन्युज

काठमाडौं । मुलुकमा गरिबीको रेखामुनी रहेको जनसंख्या ६० लाख रहेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा चालु वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अझै ६० लाख जनसंख्या गरिवीको रेखामुनी रहेकाले जानकारी गराएका हुन् ।यो कुल जनसंख्याको २१.६ प्रतिशत हो । एक दशकको आर्थिक वृद्धिदर सुस्त भई औसत ४.३ प्रतिशत रहेको र चालु आवमा बढेर ५.९ प्रतिशत पुग्ने अनुमान गरिएको उनले जानकारी दिए ।

चालु आवसम्म बचतको अंश कुल ग्राहस्थ उत्पादन (जीडीपी)को १५ प्रतिशत र बाँकी ८५ प्रतिशत उपभोगमा खर्च भएको छ । मूल्यवृद्धि निरन्तर बढ्दै गएकाले मूल्यवृद्धिमा चाप परेको उनले जानकारी दिए ।

सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा र ११ वटा घाटामा पुगेको, यी संस्थानमा सरकारको लगानी ३ अर्ब १२ करोड रुपैयाँ पुगेको अर्थमन्त्रीले जानकारी दिए । बैंकको कर्जा विस्तार भएको तर कर्जा विस्तारको तुलनामा निक्षेप परिचालन बढ्न नसक्दा लगानीयोग्य पुँजीमा चाप परेको उनले सुनाए । यस्तै सेयर बजार पनि स्थिर अवस्थामा रहेको उनले जानकारी दिए ।

शोधानान्तर घाटा बढेको, वैदेशिक व्यापार घाटा बढेर जीडीपीको ३७ प्रतिशत पुगेको तथ्याँक अर्थमन्त्रीले संसदमा पेश गरेका छन् । प्रतिव्यक्ति आय बढेर १ हजार ४ अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । गत फागुनसम्म बिजुली उत्पादन बढेर १ हजार ४५ मेगावाट पुगेको छ । टेलिफोन जनघनत्व बढेर १३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.