बीमा कभरेज २५ प्रतिशत पुर्याउन अर्थमन्त्रीको निर्देशन, समितिका अध्यक्ष भन्छन् :१८ प्रतिशत बढी हुदैन

  २०७५ जेठ १ गते २१:०४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आउदो ४ वर्षभित्र बीमा कभरेज २५ प्रतिशत पुर्याउन बीमा समितिलाई निर्देशन दिएका छन् । हाल १० प्रतिशत रहेको बीमाको पंहुँचलाई बढाएर २५ प्रतिशत पुर्याउन निर्देशन दिएका हुन् । यसमध्ये १० प्रतिशत लघु तथा कृषि बीमा हुनुपर्ने उनको भनाई छ ।

यता समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले १८ प्रतिशत भन्दा बढी कभरेज हुन नसक्ने बताएका छन् । विकास न्युजसंग कुरा गर्दै अध्यक्ष चापागाईले आउदो ४ वर्षमा बीमा कभरेज ८ प्रतिशत बढ्ने प्रक्षेपण गरेका हुन् । यद्यपी उनले बढी भन्दा बढी कभरेज बढाउन प्रयास गरिने जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले सरकारले दिदै आएको कृषि तथा लघु बीमा अनुदानको दुरुपयोग भएको आशंका गर्दै कानूनको हात धेरै लामो हुने भएकाले तान्न सक्ने भन्दै सचेत समेत गराएका छन् । नेपाल र भारत सीमानामा भारतीय कम्पनीले बीमा गरिरहेको जानकारी गराउदै यो कानून विपरित भएको यसको अन्त्य गर्न सुझाएका छन् ।

नेपालबाट पुर्नबीमाको नाममा ठुलो रकम विदेशिने गरेको भन्दै यसलाई रोक्न स्वदेशी पुर्नबीमा कम्पनी सक्षम हुनुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए । बीमाको आयात बढी रहेको भन्दै निर्यात पनि गर्न उनले सुझाएका थिए । वस्तुका अतिरित्त सेवा व्यापारमा पनि नेपाल घाटामा रहेको जानकारी गराउदै बीमा सेवा निकासी गरेर घाटा कम गर्न सकिने उनको भनाई थियो ।

यस्तै समितिको स्वर्णमहोत्सवका अवसरमा मंगलबार साँझ राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्रीले प्रस्तावित बीमा ऐन संघीय संसदको चालु अधिवेशनबाट पारित गराउने अर्थमन्त्रीले प्रतिवद्धता जनाएका छन् । ऐनको मस्र्यौदा अहिले कानून मन्त्रालयमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.