असारदेखि दैनिक २५०० स्मार्ट लाइसेन्स छापिने, तपाईको पालो कहिले ?

  २०७५ वैशाख २६ गते १८:३०     खेमराज श्रेष्ठ

काठमाडौं । यातायात व्यवस्था विभागले असारदेखि मोटरसाइकल लगायत सवारी साधनको स्मार्ट लाइसेन्स दैनिक २५ सयको दरले छाप्ने भएको छ । लाइसेन्स छपाई गर्न लामो समय लागेपछि विभागले मेसिन थप गर्न लागेको हो ।

अहिले विभागसँग ५ वटा मेसिन रहेको छ, यी मेसिनबाट दैनिक १५ सय वटा डिजिटल लाइसेन्स छापिइरहेको छ । नयाँ मेसिन ल्याएपछि दैनिक २५ सय डिजिटल लाइसेन्सको निर्माण हुनेछ । नयाँ मेसिन २ महिनाभित्रमा आइपुग्ने विभागका निर्देशक तुलसीराम अर्यालले बताए ।

‘२ महिनामा नयाँ मेसिन आइपुग्नेछ, अहिले ५ वटा मेसिनले ५ लाख लाइसेन्स् निर्माण गरिसकेको छ, थपिएको मेसिनबाट लाइसेन्स निर्माणमा छरितो हुनेछ, निर्देशक अर्यालले विकासन्युजसँग भने ।’

डिजिटल लाइसेन्स समयमै निर्माण नहुँदा हजारौं व्यक्तिहरु विभागको रसिदबाट सवारी सञ्चालन गरिरहेका छन् । ‘मैले मोटरसाइकलको लाइसेन्स परिक्षा पास गरेको ११ महिना भयो तर लाइसेन्सस् पाएको छैन, अहिले राजस्व तिरेको बिलले चलिराखेको छु, सेवाग्राही सञ्जय श्रेष्ठले भने ।’ उनको सिरियल नम्बर २ लाख ७२ हजार रहेको छ ।

अहिले दैनिक ४ हजार लाइसेन्स निर्माणको माग रहेको छ । नयाँ थपिएको ४ मेसिनबाट १२ सय जति डिजिटल लाइसेन्स बनाउन सकिनेछ । यसबाट अझै दैनिक १३ सय लाइसेन्स निर्माण गर्ने मेसिन आवश्यकता हुन्छ ।

त्यसैगरी नयाँ लाइसेन्सस वितरणमा दैनिक अनलाइन फारम मार्फत ३ सय ६० कोटा मात्र लिने गरेकाे छ । विभागको अनुसार अहिले सबैभन्दा धेरै मोटरसाइकलको लाइसेन्स निर्माण गर्न बाँकी रहको छ ।

विभागमा ३० लाख ५३ हजार सवारीसाधन दर्ता भएका छन् । त्यसमध्ये २४ लाख ६ हजार मोटरसाइकल, ४८ हजार ४५८ ठुलाबस, २४ हजार ८७२ मिनीबस, ८३ हजार ७१० ट्रक, कार र जीपको संख्या २ लाख ७० हजार ६६५, पिकअप ५१ हजार ९०, माइक्रोबस ६ हजार ६५७, ट्याम्पु ३९ हजार ५७५ रहेका छन् । ट्याक्टर र पावर टेल १ लाख ८५६ रहेको विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.