भारत जाने नेपालीलाई भिसा अनिवार्य !

  २०७५ वैशाख २६ गते १०:५५     विकासन्युज

काठमाडौं । तेश्रो मुलुकबाट भारतीय विमानस्थलहरुमा अवतरण गर्ने नेपालीहरुलाई भारतले भिसा अनिवार्य गरेको छ । भारतीय गृहमन्त्रालयको पछिल्लो निर्णय भन्दै भारतीय अध्यागमन विभागले तेश्रो मुलुकहरुबाट भारत प्रवेश गर्ने नेपालीहरुलाई भिसा अनिवार्य गरेको हो । अब चीन, मकाउ, हङकङ, माल्दिभ्स र पाकिस्तनबाट भारतका बिभिन्न विमानस्थलहरुमा ओर्लने नेपालीहरुले भारतीय भिसा बोक्नुपर्नेछ ।

नेपाल र भारतबिच एक अर्को मुलुकका नागरिकले आफ्नो पासपोर्ट बोकेको अवस्थामा तेश्रो मुलुकबाट आउन/जान पाउने व्यवस्था गरेका थिए । भारतीय अध्यागमन विभागले सन २०१८ अप्रिल १७ तारिखका दिन भारत आउने सबै विमान कम्पनीहरुलाई भारतीय भिसा नभएका नेपाली र भुटानीहरुलाई नबोक्न पत्राचार गरेको हो ।

अध्यागमन विभागका कानुन अधिकृत रामचन्द्र काफ्लेले तेश्रो मुलुकबाट भारत ओर्लने नेपालीहरुलाई भारतीय भिसा अनिवार्य गरिएको स्विकार गरे ।
‘तेश्रो मुलुकबाट भारत ओर्लने नेपाली नागरिकहरुलाई भिसा अनिवार्य गरिएको अनौपचारिक खबर आएको छ, हामी पुष्टि गर्ने प्रयासमा छौं’, अध्यागमन विभागका कानुन अधिकृत काफ्लेले विकासन्युजसँग भने ।

भारतीय अध्यागमन विभागले ईण्डियन एयरलाइन्सलाई पत्र लेखेर नेपाली र भुटानी नागरिकहरुलाई भारतीय भिसा बिना नबोक्न निर्देशन दिएको पत्र प्राप्त भएको छ । अध्यागमनले भारतमा अन्तराष्ट्रिय उडान भर्ने सबै विमान कम्पनीहरुलाई भिसा बिना भारत आउन खोज्ने नेपाली र भुटानीहरुलाई नबोक्न भनिसकेको छ ।

नेपालको अध्यागमन विभागका महानिर्देशक दिपक काफ्लेले पनि तेश्रो मुलुकबाट भारत प्रवेश गर्ने नेपालीहरुलाई भिसा अनिवार्य गरिएको खबर आएको तर पुष्टि गर्ने प्रयास भैरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.