अरुण ३ जलविद्युत आयोजनाबाट नेपालले केहि पनि पाउँदैन्ः उपाध्याय

  २०७५ वैशाख २५ गते १०:०८     विकासन्युज

भिम प्रसाद उपाध्याय

काठमाडौं । भारतले बनाउने अरूण ३ जलविद्युत परियोजना सम्झौतामा के छ, के हो ? जानकारी राखौं । अरूण ३ योजना ९०० मेगावाट क्षमताको हुनेछ । २५ बर्षसम्म भारतीय कम्पनीको स्वामीत्वमा हुनेछ, त्यसपछि पछि पूरै आयोजना नेपालको हुनेछ । आयोजनाको कुल लागत लागत १०४ अर्बको हुनेछ । नेपालले २५ वर्षसम्म अधिकतम १९७ मेगावाटसम्म बिजुली प्रतिमेगावाट ५० लाख रुपैयाँका दरले भारतसँग खरिद गर्न पाउनेछ । बाँकी विजुली भारतले लैजाने छ ।

तर नेपाल सरकारले यो आयोजनाको लागि भारतीय कम्पनीलाई १० वर्षसम्म १०० प्रतिशत करछुट दिनेछ । थप अर्को ५ वर्षसम्म नेपालले आयकरमा ५० प्रतिशत छुट दिनेछ । त्यति मात्रै होइन, आयोजना बनाउन आवश्यक सामाग्री सबै भारतबाटै आयात गरिने र सम्पूर्ण सामाग्रीमा ५० प्रतिशत भन्सार छुट दिईनेछ । आयोजनाका लागि आवश्यक सिमेन्ट, रड र स्टिलजन्य सामाग्री नेपाली बजारबाट नभई भारतीय कम्पनीले उतैबाट ल्याउनेछ । आयोजनामा काम गर्ने सबै जनशक्ति भारतीय कम्पनीले भारतबाटै ल्याउनेछ ।

पाँच बर्ष निर्माण अवधी रहेको आयोजना निर्माणका क्रममा कुनै बिपत्ति, हड्ताल, प्रकोप, चाडपर्ब जस्ता कारणले गर्दा महिनामा २१ दिनभन्दा बढी काम गर्न नसक्ने अवस्था आएमा नेपाल सरकारले कम्पनीलाई क्षतिपूर्ति दिनुपर्नेछ । यो आयोजनाबाट नेपालले के फाईदा पाउने यसमा ठोस केही देखिदैन । नेपालले २५ वर्षपछि आयोजनाको स्वामीत्व प्राप्त गर्ने बाहेक अन्य कुनै लाभ लिन सक्ने अवस्था छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.