मार्जिन ट्रेडिङ कार्यविधी अन्तिम चरणमा, जेठदेखि कारोबार हुने

  २०७५ वैशाख २४ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ कार्यबिधी अन्तिम चरणमा पुगेको छ । नेपाल धितोपत्र बोर्डले यसै साता भित्र कार्यबिधि पास गर्ने तयारी गरेको हो ।

बोर्डको व्यवस्थापनले कार्यबिधीलाई अन्तिम रुप दिएर बोर्ड सञ्चालक समितिमा पेश गरिसकेको छ । बोर्डको सोमबार बस्ने सञ्चालक समिति बैठकले संभवत मार्जिन ट्रेडिङ कार्यविधीलाई पारित गर्ने छ ।

‘आजकै बैठकमा कार्यबिधी हाम्रो एजेण्डामा छ, सहमति भयो भने पारित हुन सक्छ’, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले भने । कार्यबिधी तत्कालै पास भएमा आगामी जेठ महिनािभत्रै योग्यता पुगेका ब्रोकरहरुले मार्जिन कारोबार गर्न सक्नेछन् ।

सोमबारको बोर्डको सञ्चालक समितिले कार्यविधिका बारेमा छलफल गरेको थियो । बैठकले यस विषयमा निर्णय गरेन । कार्यविधिमा केही संशोधनसहित अर्को बैठकले पारित गर्ने बोर्डका प्रवत्ता निरज गिरीले बताए ।

बोर्डले गत कात्तिक २० गते मार्जिन कारोबार सुबिधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो । सोही निर्देशन अनुसार मार्जिन कारोबार सम्बन्धी कार्यबिधी बनाउन बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको थियो । नेप्सेले कार्यबिधीको मस्यौदा तयार पारेर बोर्डमा बुझाएको र त्यसमा आवश्यक संसोधन गरेर पारित गर्ने छ ।

मार्जिन ट्रेडिङको सुबिधाले सेयर बजारको विकास र स्थायीत्वमा सहयोग पुग्ने अनुमान गरिएको छ । ‘मार्जिन कारोबार सम्बन्धी निर्देशन अनुसार थोरै ब्रोकर कम्पनीले मात्रै यो सुबिधा दिन सक्छन । कार्यविधी केहि सहजता दिएको खण्डमा भने त्यसले सेयर बजारमा सकारात्मक सन्देश दिने ब्रोकरहरुको भनाई छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.