बैंकहरुको डलर कारोबारको हेर्ने काम २ वर्षदेखि बन्द, अनुसन्धान भए राष्ट्र बैंकका कर्मचारी फस्ने

  २०७४ चैत १८ गते १०:५८     बाबुराम खड्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वर्षदेखि बैंकहरुको विदेशी मुद्रा कारोबार हेर्न छाडेको छ । जनशक्ति अभावको कारण देखाउदै बैंकले गर्नै सबै प्रकारको विदेशी मुद्राको कारोबार हेर्न छाडेको हो ।

विदेशमा रकम पठाउन, वस्तु तथा सेवा आयात गर्दा खोलिने प्रतितपत्र (एलसी) र टीटी कारोबारको फाइल खोलेर हेर्ने काम काम अहिले बन्द छ । बैंकले मासिक रुपमा पठाएको विवरण कर्मचारीले बोरामा राखेर भण्डारन गर्ने काम मात्र भएको छ । बैंकले पठाएको कारोबार विवरणको फाइल हेर्ने काम २ वर्षदेखि नै बढी बन्द भएको स्रोतले बतायो । कर्मचारीको अभावले बैंकले पठाएको फाइलको अध्ययन, अनुसन्धानका साथै स्थलगत निरीक्षणको काम समेत बन्द रहेको स्रोतको भनाई छ ।

“एलसीलगायत अन्य कारोबारबाट विदेशी मुद्रा अपचलन भएको हुन सक्छ” स्रोतले भन्यो “तर बैंकले पठाएको फाइल खोल्नेदेखि स्थलगत निरीक्षण भएको छैन, त्यसैले विदेशी मुद्रा अपचलन भएपनि राष्ट्र बैंकलाई जानकारी छैन् । किनभने उसले कारोबारको फाइल हेर्ने काम नै गरेको छैन ।” वाणिज्य बैंकहरुले विदेशी मुद्रा कारोबारको ४० प्रकारको विवरण केन्द्रीय बैंकलाई बुझाउनु पर्ने हुन्छ । बैंकहरुले मासिक रुपमा राष्ट्र बैंकमा विवरण बुझाउदै आएका छन् ।

एलसी खोल्दा सामान नल्याएर डलर अपचलनको गरेको पनि हुन सक्ने स्रोतको भनाई छ । आयातकर्ताले एलसी खोलेर निर्धारित समयमा सामान आयात नगरे विदेशी मुद्रा अपचलन गरेको ठहरिन्छ । यसअघि सामान आयात नगरी डलर अपचलन गरेका ठुला एलसी काण्ड भएका थिए ।

“बैंकले विदेशी मुद्रा अपचलन भएको विवरण पठाएको हुन सक्छन, तर केन्द्रीय बैंकले नहेर्दा बाहिर आउन सकेको छैन्” स्रोतले भन्यो । विदेशी मुद्राको कारोबार फाइल नखोल्दा र कैफियत भेटिएमा स्थलगत अनुसन्धानको काम नगरेको अवस्थामा आधिकारिक निकायले अनुसन्धान गरे राष्ट्र बैंकका कर्मचारी पनि फस्न सक्ने संभावना रहेको स्रोतको भनाई छ ।

अहिले नै जनशक्ति अभाव भएका बेला जेठसम्म सयौं कमचारीले केन्द्रीय बैंकबाट अवकास पाउदैछन् । गभर्नर डा. चिरन्जिवि नेपाललाई गुहार्दा पनि कर्मचारी व्यवस्थापन हुन नसकेको स्रोतको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.