२०७५ सालदेखि सार्वजनिक विदामा व्यापक कटौती भई १५ दिन मात्रै, यी हुन विदा हुने दिन

  २०७४ चैत १७ गते ९:५८     खेमराज श्रेष्ठ

काठमाडौं । निजी क्षेत्रको सुझावलाई मनन गर्दै सरकारले सार्वजनिक बिदामा व्यापक कटौती गरेको छ । सार्वजनिक बिदा धेरै हुँदा मुलुकको आर्थिक विकासमा असर परेको भन्ने निजी क्षेत्रको गुनासो आएपछि सरकारले कटौती गरेको हो ।

विभिन्न चाडपर्व, दिवस र जयन्तीको बिदा कटौती गर्दै सरकारले सार्वजनिक बिदाको संख्या १५ दिनमा झारेको छ । आउदो बैशाखदेखि नेपालमा हुदै आएको सार्वजनिक बिदा २२ दिन कटौती हुनेछ । नेपाल चेम्बर्स अफ कमर्सले विज्ञप्ती जारी गरी सरकारको सो निर्णयको स्वागत गरेको छ । चेम्बरले नै सार्वजनिक विदा कटौतीका लागि पहल थालेको हो । सार्वजनीक बिदाको कटौतीबाट आम नागरिकले राहत महसुस गर्ने चेम्बरलेको भनाई छ ।

२०७५ सालमा कटौती हुने सार्वजनिक बिदा

सरकारले यसअघि दिदैं आएको गणतन्त्र, लोकतन्त्र , निजामती सेवा, राष्ट्रिय एकता, शहीद र राष्ट्रिय प्रजातन्त्र दिवस बैंशाखदेखि कटौती हुने छन् । त्यसैगरी चाडपर्वमा कोजाग्रत पुर्णिमा, घटस्थापना र द्धवादशी कटौती भएका छन् । त्यस्तै रामनवमी, श्रीकृष्ण जन्माअष्टमी, नयाँवर्ष ल्होसार, क्रिसमस, छठलगायतका सार्वजनिक बिदा कटौती भएको छ ।

२०७५ सालदेखि सरकारी कार्यालय माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म ८ महिना बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र कात्तिक १६ देखि माघ १५ गतेसम्म ३ महिना बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सरकारी कार्यालय खुला रहनेछन् । हरेक शुक्रबारका दिन १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुनेछ ।

सरकारले सार्वजनिक बिदा कटौती गरेपछि सार्वजनिक सेवा प्रवाहमा सहज हुने देखिएको छ । विशेषगरी सवारी लाइसेन्स र पासपोर्ट लगायत सेवा प्रवाहमा प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ ।

विकशित मुलुकहरुमा सार्वजनिक बिदा धेरै हुदैन् । अमेरिकाले सबैभन्दा थोरै ८ दिन मात्र बिदा दिने गर्दछ । छिमेकी देश भारतले सबैभन्दा धेरै २१ दिन बिदा दिने गरेको छ । यी देशहरुमा प्राय हप्ताको ५ दिन मात्र कार्यालय खुल्नेछन् भने देश हेरी शनिबार र आइतबार बिदा हुनेछन् । यी देशका कर्मचारीहरुले दैनिक ९ बजेदेखि साझँ ५ बजेसम्म दैनिक ८ घण्टा काम गर्दछन् ।

विश्वका कुन देशमा कति दिन सार्वजनिक बिदा ?

अस्ट्रेलिया ९ दिन
चीन ९ दिन
भारत २१ दिन
जापान १९ दिन
मलेसिया १५ दिन
न्यजिल्याण्ड १० दिन
सिङगापुर ११ दिन
दक्षिण कोरिया १६ दिन
अस्ट्रिया १३ दिन
डेनमार्क ९ दिन
दुबई १२ दिन
जर्मनी १५ दिन
नेदरल्याण्ड ९ दिन
स्वीडेन ९ दिन
इंगल्याण्ड १३ दिन
सयुक्तराज्य अमेरिका ८ दिन

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.