उत्तर कोरियालाई सम्झँदै माधव नेपालले ‘म फेन्ट भएँ भनेपछि…’

  २०७४ चैत १६ गते १४:२३     विकासन्युज

काठमाडौं । ‘उत्तर कोरियाले प्योङयोङ विमानस्थल २ बर्षमा बनायो, १५ हजार बाढी पीडितलाई २ महिनामा घर बनायो, मैले निजगढ विमानस्थल कहिले बनिसक्छ भनेर हाम्रा प्राबिधिकलाई सोधेको त १० देखि १५ बर्ष भने, म त फेन्ट भएँ’, यो भनाई हो पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधव नेपालको ।

शुक्रबार राजधानीमा आयोजीत समाजवादका लागि भौतिक पुर्वाधार विकास बिषयका कार्यक्रममा एमाले बरिष्ठ नेता नेपालले उत्तर कोरिया, चीन, भियतनाम र पाकिस्तानले पुर्वाधार विकासमा गरेको प्रगतिका केहि कथा पनि सुनाए । उनले ती देशहरुले जस्तै द्रुत गतिमा नेपालको विकास गर्नुपर्ने धारणा पनि राखे । ‘चीन, भियतनाम, पाकिस्तान, उत्तर कोरियाले २ बर्षमा गर्न सक्ने काम हामीलाई किन १५ बर्ष लाग्ने ?’, नेता नेपालले प्रश्न गरे ।

उनले नेपालको विकास गतिका बारेमा टिप्पणी गरिरहँदा भौतिक पुर्वाधार मन्त्री रघुविर महासेठ, मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक गोपाल सिग्देल, यातायात व्यवस्था विभाग, रेल विभागका उच्च अधिकारी, महानगरिय ट्राफिक महाशाखा प्रमुख डिआइजी सर्वेन्द्र खनाल लगायतका उपस्थित थिए ।

नेता नेपालले प्रधानमन्त्रीदेखि मुख्य सचिव, सचिव र विभागका प्रमुख देखि कर्मचारीसम्मले भ्रष्टाचार नगर्ने प्रण गर्नुपर्ने धारणा पनि राखेका थिए ।

कति लेनको सडक बनाउने भन्ने काम अदालतको हो ?
नेता नेपालले बिराटनगरमा सडक विस्तार सम्बन्धी अदालतको फैसलाबारे रोचक प्रशंग पनि सुनाए । ‘बिराटनगरको एउटा सडकमा अदालतले ४ लेनको मात्रै बनाउनु भनेर आदेश दिएछ, कति लेनको सडक बनाउने भन्ने काम अदालतको हो र ? मैले त्यो कुरा सुन्ने वित्तिकै प्रधानन्यायधिसलाई भेटेर सोँधे, उहाँले म मिलाउँछु भन्नु भयो’, नेपालले भने ।  उनले सरुवा र बढुवामा पैसा लिन्न भनेर प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव देखि विभागका महानिर्देशकहरुले सार्वजनिक घोषणा गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री रघुबिर महासेठले बैशाख भित्रै यातायात क्षेत्रको सिण्डीकेट खारेज गर्ने, चैत भित्रै काठमाडौंका ठुला सडकलाई खाल्डा खुल्डी मुक्त बनाउने, बैशाख १५ भित्र राष्ट्रिय राजमार्गलाई खाण्डाखुल्डी मुक्त बनाउने लगायतका घोषणा गरेका थिए । नेकपा(एमाले)को भौतिक पुर्वाधार तथा यातायात व्यवस्था विभागले आयोजना गरेको कार्यक्रममा सडक, यातायात, रेल, ट्राफिक महाशाखाका अधिकारीहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.