धेरै कम्पनीको सेयर मूल्य १०० नजिक, म्यूचल फण्डको मूल्य १० भन्दा कम

  २०७४ फागुन २० गते १२:३०     विकासन्युज

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको सेयर आईतबार १०३ रुपैयाँमा किनबेच भयो । पछिल्लो दुई सातामा यस कम्पनीको सेयर मूल्य ११५ बाट १०३ मा झरेको छ । आइतबार खरिद आदेशमा यस कम्पनीको मूल्य १०१ राखिएको छ ।

आज भोली नै यस कम्पनीको सेयर मूल्य ९९ भन्दा तल आउने छ । १०० रुपैयाँ मूल्य अंकित यो सेयर ९९ सयमा करोबार हुँदा यस पटकको सेयर बजारको मन्दीमा नयाँ रेकर्ड बन्ने छ ।

हुन त यसअघि नै केही म्यूचल फण्ड अंकित मूल्यभन्दा कममा कारोबार भईराखेका छन् । १० रुपैयाँ अंकित एनआईबीएल प्रगति फण्ड ९ रुपैयाँ ४० पैसामा कारोबार भईरहेको छ । त्यस्तै, १० रुपैयाँ अंकित मूल्य रहेको सिद्धार्थ इक्विटि फण्ड ९ रुपैयाँ ४७ रुपैयाँमा, नविल इक्वीटी फण्डको मूल्य पनि ९ रुपैयाँ ७० पैसामा झरेको छ । १० रुपैयाँ अंकित एनआईबी आईव्रिड फण्ड पनि ९ रुपैयाँ ८० पैसामा कारोबार भईरहेको छ ।

बजारमा ख्याति कमाईसकेको पुराना म्यूचल फण्डहरु अंकित मूल्यभन्दा कममा कारोबार हुन थालेपछि पछिल्लो समय एनआईसी क्यापिटल र सिविआइएल क्यापिटले निष्काशन गरेको म्यूचल फण्डमा प्रयाप्त आवेदन परेन । प्राथमिक निष्काशनमा समेत प्रयाप्त आवेदन नपर्नुले सेयर बजारमा जारी मन्दी अझै गरिरिने संकेतको रुपमा हेरिएको छ ।

केही फाइनान्स कम्पनीहरुको सेयर मूल्य पनि १०० को नजिक पुगिसकेको छ । बेष्ट फाइनान्सको सेयर मूल्य १२० रुपैयाँमा झरेको छ । गोर्खा फाइनान्स र रिलाईन्स फाइनान्सको सेयर १३० रुपैयाँमा कारोबार हुन थालेको छ भने सेन्ट्रल फाइनान्सको सेयर १३१ रुपैयाँमा झरेको छ ।

वाणिज्य बैंकहरुको सेयर मूल्य पनि २०० बाट तल झर्न थालेको छ । सिभिल बैंकको सेयर १६१ रुपैयाँमा झरेको छ । जनता बैंकको सेयर १७० रुपैयाँमा झरेको छ भने सेन्चुरी बैंकको सेयर १९० रुपैयाँमा कारोकार हुन थालेको छ । विहीबार लक्ष्मी बैंकको प्रमोटर सेयर प्रतिकित्ता १४५ रुपैयाँमा कारोबार भयो ।

जलविद्युत कम्पनीहरु, लघुवित्त कम्पनीहरु, फाइनान्स कम्पनीहरु मध्ये धेरैको सेयर मूल्य प्रतिकित्ता २०० भन्दा तल पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.