काठमाडौं-वीरगञ्ज विद्युतिय रेलमार्गः सम्भावना खोज्ने कम्पनी एक हप्ताभित्रै

  २०७४ फागुन २० गते १०:१०     नारायण पौडेल

काठमाडौं । काठमाडौं-वीरगञ्ज विद्युतिय रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको टुंगो एक हप्ताभित्रै लाग्ने भएको छ । रेल विभागले प्रारम्भिक छनौटमा परेका ६ वटा कम्पनीले पेश गरेको आर्थिक र प्राबिधिक प्रस्तावका आधारमा एक हप्ताभित्र एउटा कम्पनीलाई छान्ने तयारी अन्तिम चरणमा पुर्याएको हो । ‘एक हप्ताभित्र काठमाडौं–वीरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनौट हुन्छ, त्यसको गृहकार्य सम्पन्न भैसकेको छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकासन्युजसँग भने ।

रेल विभागले सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा १५ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर आर्थिक तथा प्राबिधिक प्रस्ताव मागिएको थियो । ती प्राबिधिक प्रस्तावहरुको अध्ययन गरेर उच्चतम प्रबिधी र न्युनतम आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई सम्भाव्यता अध्ययनको जिम्मेवारी दिन लागिएको हो ।त्यसरी तयार भएको सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा डिपिआर निर्माण र रेल मार्ग निर्माणको काम अघि बढाइनेछ ।

विभागले २०७३ मंसिर १९ गते काठमाडौं–वीरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनी खोज्न ग्लोबल टेण्डर आव्हान गरेको थियो । विभागले सम्भाव्यता अध्ययनका लागि ७ करोड बजेट विनियोजन गरेको थियो । करिब २ सय किलोमिटर लामो हुने पुर्वानुमान गरिएको काठमाडौं-वीरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनपछि डीपीआर निर्माण गरिने योजना विभागले बनाएको छ ।

यी हुन सम्भाव्यता अध्ययनका लागि प्रारम्भिक छनौटमा परेका कम्पनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.