महालक्ष्मी विकास बैंकद्धारा वृद्धाश्रमलाई ३० हजार बराबरको खाद्यान्न वितरण

  २०७४ माघ २३ गते १६:१६     विकासन्युज

काठमाडौं । महालक्ष्मी बिकास बैंकको महाराजगंज शाखाले हालै बुढानिलकण्ठ नगरपालिकास्थित तपस्थली वृद्धाश्रमलाई ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ । तपस्थली वृद्धाश्रममा आयोजित एक कार्यक्रममा महाराजगंज शाखाका शाखा प्रबन्धक दिभा राणाले तपस्थली वृद्धाश्रमका वृद्धाहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी हुन् ।

उक्त आश्रमले आफ्नो घरपरिवारबाट अवहेलीत ६० वर्ष देखी ९७ वर्ष सम्मका २५ वृद्धाहरुलाई आश्रय प्रदान गरिरहेको छ । बैंकले गरेको सहयोग प्रति आश्रमका वृद्धाहरुले खुशी ब्यक्त गरेका छन् ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.