कृषि विकास बैंकको नाफा एक अर्ब २ करोड

  २०७४ माघ १५ गते १०:२४     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको नाफा एक अर्ब २ करोड पुगेको छ । बैंकले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक अवधीमा १२ करोडले नाफा बढाएर १ अर्ब २ करोड पुर्याएको हो । बैंकले गत आवको पुस मसान्त अवधीमा ९० करोड नाफा गरेको थियो ।

कृषि विकास बैंकले ९८ अर्ब निक्षेप संकलन गरेर ९२ करोड कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७९.५९ प्रतिशत पुगेको छ । बैंकले ६ अर्ब १५ करोड ब्याज आम्दानी गरेर ३ अर्ब ५० करोड ब्याज खर्च गरेको छ । १३ अर्ब ९३ करोड चुक्ता पुँजी रहेको कृषि विकास बैंकको जगेडा कोषमा ८ अर्ब ९२ करोड रुपैंयाँ रहेको छ ।

९६ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त गरेको बैंकले एक अर्ब ११ करोड रुपैंयाँ प्रोभिजन गरेको छ । बैंकको प्रति सेयर आम्दानी २०.३७ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ २०२.९७ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.