२९३० रुपैयाँमा सेयर किनेका एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ता अब के गर्छन् ?

  २०७४ माघ ८ गते १६:४२     विकासन्युज

काठमाडौं । पुस २४ गतेपछि मात्रै एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ३२.३० प्रतिशतले घटिसकेको छ र त्यो अझै ओरालो लाग्ने क्रममै छ । पुस २४ गते २४३३ रुपैंयाँ रहेको कम्पनीको सेयर मूल्य माघ ८ गते आईपुग्दा ३२.३० प्रतिशतले घटेर १६४७ रुपैंयाँमा झरेको हो । यो बीचमा कम्पनीका लगानी कर्ताले प्रतिसेयर ७८६ रुपैंयाँ गुमाएका छन् ।

आखिर किन घट्यो त एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ? के सोच्दैछन् त लगानी कर्ता ? यो जान्नु अघि केहि विगतका तथ्यहरु हेरौं ।

२०७४ असार ५ गते (जुन १९ सन २०१७) का दिन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक अर्थात २९३० रुपैंयाँ पुगेको थियो । सोही अवधिमा कम्पनी सञ्चालक समितिले ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर सो समय अघिदेखि नै कम्पनीको सेयर मूल्य भने निरन्तर बढिरहेको थियो । हकप्रद सेयर निष्काशन सम्बन्धी सूचना चुहाएर सेयरको मूल्य बढाएको भन्दै धितोपत्र बोर्डले त्यतिबेला नै एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का समेत गरेको थियो ।

असार २३ गतेको १८ औँ, १९ औँ, २० औँ, २१ औँ तथा २२ औँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयरसँगै ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गर्यो । लगानीकर्ता अझै हौसिए र सेयरको मूल्य पनि बढ्दै गयो ।

तर जब विकासन्युजले पुस २४ गते ‘एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने’ शिर्षकमा समाचार लेख्यो । तब लगानीकर्ताले सुरक्षित अवतरण खोज्न थाले र कम्पनीको सेयर मूल्य ओरालो लाग्दै गयाे । त्यो समाचार मात्रै नभएर लगानीकर्तालाई सचेत बनाउने महत्वपूर्ण सूचना पनि थियो ।

किनकी ६ सय प्रतिशत हकप्रद सेयर जारी गर्न नपाउने सुइँको पाएसँगै कम्पनीका सञ्चालकहरुले नै आफ्नो सेयर बेचेर सुरक्षित अवतरण रोजिसकेका थिए । ‘पुँजी वृद्धिको योजना बुझाउन बीमा समिति गएका सञ्चालकहरुले ६ सय प्रतिशत हकप्रद सेयर जारी गर्न नमिल्ने बीमा समितिकाे भनार्इ  सुनेलगत्तै स्वार्थ गासिएकाे व्याक्तिलार्इ सेयर बेच्च सुझाए । परिणााम घट्दाे मूल्यमा ठूलाे मात्रामा सेयर विक्री भएकाे थियाे’, बीमा समिति स्राेतले भन्याे ।

संस्थापक सेयर कारोबार(खरिद बिक्री) गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६ अनुसार संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ बनाउनुपर्ने भएपछि एभरेष्टले ६ सय प्रतिशत हकप्रद अनिश्चित भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.