धितोपत्र बोर्डले रोक्यो सामुदायिक लघुवित्तको आईपीओ, मंगलबार निष्कासन नहुने

  २०७४ माघ ८ गते ८:४४     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डले सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन रोकेको छ ।

नेपाल राष्ट्र बैंकले रोक्न पत्राचार गरेपछि तत्कालका लागि आईपीओ निष्कासन स्थगन गर्न निर्देशन दिएको बोर्डका निर्देशक निरन्जय घिमिरेले बताए ।संस्थाले पुस ९ गते मंगलबार ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको थियो ।

धितोपत्र बोर्डले आईपीओ निष्कासन तत्काल रोक्न निर्देशन दिएपछि हाललाई स्थगन गरिएको संस्थाले जनाएको छ ।

मंगलबारदेखि आईपीओ निष्कासन गरी शुक्रबार बन्द गर्ने संस्थाकाे तयारी थियो ।

बोर्डले अनुमति दिएपछि मात्र आईपीओ निष्कासन हुने सामुदायिकले जनाएको छ ।तत्कालका लागि आईपीओ निष्कासनको सबै काम स्थगन भएको संस्थाले जनाएको छ । सामुदायिकमा ७ करोड रुपैयाँ अर्थात ७ लाख कित्ता संस्थापक लगानी रहेको छ । आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.