जगदम्बा सिमेन्टद्धारा “प्राविधिक गोष्ठी” सम्पन्न

  २०७४ पुष २५ गते १७:०८     विकासन्युज

काठमाडौं । जगदम्बा सिमेन्टले हालै “प्राविधिक गोष्ठी” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले इन्जिनियरसँग जगदम्बा सिमेन्ट ककसमा सुरक्षित र दिगो निर्माण, पुननिर्माण सामग्रीको छनोट र प्रयोग लगायत ब्लेनडेड सिमेन्टको उच्चतम प्रयोग तथा उपभोग लगायत उपभोक्ता मैत्री सेवाका विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको हो ।

जसमा ३० जनाभन्दा बढीप्राविधिक ब्यक्तिहरुको उपस्थिती थियो । उपस्थित हुनेहरुमा नगरपालिका योजना प्रमुख देखी लिएर भुकम्प प्रतिरोधी निर्माण गर्ने सुपर्भिजन गर्ने प्राविधिक, जगदम्बा सिमेन्टका आयोजना प्रमुख र वरिष्ठ ईन्जिनियरहरुको समेत उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा जगदम्बा सिमेन्टमा कार्यरत आयोजना प्रमुख सुनिल पौडेल र इन्जिनियर रमनहरी भुर्तेलले विविध प्राविधिक प्रस्तुति दिएका थिए । साथै ब्राण्ड प्रवन्धक जगन्नाथ दहालले ब्लेनडेड सिमेन्टको प्रयोगले एकातर्फ देशमा रहेको श्रोत(चुनढुङ्गा) को न्यूनतमप्रयोग गरी अधिकतम लाभ लिन सकिने र अर्कोतर्फ उपभोक्तालाई पनि व्ययभार कम पर्न जाने बताएका छन् । साथै, जति संरचनालाई आवश्यक हुन्छ त्यती मात्र निर्माण सामग्रीको प्रयोगले देशको आर्थिक संमृद्धी हुने प्रवन्धक दहालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.