टाटा नेक्सनको बुकिङ्ग पुस २४ गतेदेखि सुरु, २५ हजारमा कार बुक गर्न पाइने

  २०७४ पुष २० गते १७:५९     विकासन्युज

काठमाडौं । टाटा मोटर्स्ले बोल्ड र स्पोर्टी एसयूवी टाटा नेक्सनको बुकिङ्ग यही पुस २४ गतेदेखि नेपालमा आफ्नो अधिकृत डिलरहरु मार्फत शुरु गर्दैछ । यस कारलाई नेपाली २५ हजार रुपैयाँमा ग्राहकवर्गहरुले बुकिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ ।

शहरहरुका लागि सहज र उत्कृष्ट मानिएको यस टाटा नेक्सनमा कारमा हुनु पर्ने सबै विशेषताहरुलाई समावेश गरेको छ । उत्कृष्ट पर्फमेन्स र स्पोर्टी लुक भएको यस टाटा नेक्सन ‘इम्प्क्याट डिजाइन’ दर्शनमा आधारित टाटा मोटर्स्को चौथो उत्पादन हो ।

टाटा मोटर्स्का ईण्टरनेश्नलबिज्नेस हेड-प्यासेन्जर भेकल, सुजन रोयका अनुसार, “इण्डिया अटो एक्सपो २०१४मा पहिलो पटक प्रदर्शनमा आएको टाटा नेक्सन त्यो बेला देखि नै चर्चाको विषयबन्न सफल भएको थियो । पृथक स्टाईलिङ्ग र तारिफ योग्य विशेषताहरुले टाटा नेक्सन यूवा ग्राहकहरुको लागि शहरी क्षेत्रमा उत्कृष्ट सावित हुनेछ । नेक्सनाको साथ, हामीले नेपालमा तिव्र गतिले बढ्दै गरेको एसयूवी वर्गमा नयाँ बेन्चमार्क तय गरेका छौं र कार विशेषज्ञहरुबाट आएको प्रतिक्रियाहरुले पनि हामीलाई निकै उत्साह प्रदान गरेको छ । हाम्रो परिवर्तित रणनीतिको अनुरुप, हाम्रो लक्ष्य भनेकै बजार साझेदारीमा सुधार ल्याउनुका साथै बजारमा आफ्नो उत्पादनहरु छिटो भित्राउनु हो जसका लागि हामीे थपफोकस र ऊर्जाको साथ काम गरिरहेका छौं । टाटा नेक्सनप्रतिको तपाईंहरुको प्रतिक्रिया देखेर हामी निकै प्रशन्न भएका छौं र यसको बढ्दो मागलाई मध्यनजर गर्दै चाँडै नै यसको बुकिङ्ग नेपालमा सुरु गरेका छौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.