इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर रााष्ट्रिय ट्रमा सेन्टरमा, बिरामीले सुविधा पाउने

  २०७४ पुष १६ गते १६:२०     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं महानगरपालिकाको माहांकालस्थित रााष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टर परिसरमा खोलिएको काउन्टरले ट्रमा सेन्टरको आर्थिक कारोबार गर्न सहयोग गर्ने छ । काउन्टरले ट्रमा सेन्टरमा आउने बिरामीको उपचारका क्रममा टिकट काट्नेदेखि विल भुक्तानीमा पनि सहयोग गर्ने छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३६५ दिन, २४ सै घण्टा सेवा संचालन हुने गरी ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको हो । यस सेवाले अस्पतालमा आउने विरामीले सुविधा पाउनेमा बैंक विश्वस्त छ ।

साथै बैंकले निकट भविस्यमै ट्रमा सेन्टरको परिसर मै आफनो ९८औं एटिएम संचालनमा ल्याउने छ । राष्ट्रिय ट्रमा सेन्टरको प्रबेशद्धार रहने एटिएमबाट अस्पतालमा आउने सेवाग्राहीका साथै सर्वसाधारणले पनि सेवा लिन सक्नेछन् ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणगढ र पर्सा शाखा स्थानान्तरणको प्रक्रियासहित) तथा ९७ वटा एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको  बैंकको ५४ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी १० अर्ब ६३ करोड रुपैयाँ रहेको यस बैंकको हाल निक्षेप १३१ अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी १०७ अर्ब रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.