टाटा मोटर्स्को नयाँ शोरुम जनकपुरमा, देशभर उत्कृष्ट शो रुम नेटवर्क बनाउने स्प्रदीको रणनीति

  २०७४ पुष ११ गते १६:४९     विकासन्युज

काठमाण्डौ । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्स्ले आफ्ना उत्पादन विक्री वितरणका लागि जनकपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्स्को नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ प्रा.लिको जनकपुरका लागि आधिकारिक वितरक गिरिजा अटोमोवाइल इन्टरप्राइजेजले शोरुम सञ्चालनमा ल्याएको हो ।

जनकपुरको मुजेलीयामा आज समुद्घाटित नयाँ शो रुम ३८०० वर्गफिट क्षेत्रफलमा फैलिएको छ जुनजनकपुरमै सबैभन्दा ठूलो हो ।

शो रुमको उद्घाटनको सन्दर्भमा टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयले भने–“नेपाल टाटा मोटर्सका लागि महत्वपूर्ण बजार रहेको छ र नयाँ शोरुमको सञ्चालन ग्राहकलाई किनाईको राम्रो अनुभूति दिलाउने दिशामा लिइएको प्रयत्न हो । टाटा मोटर्सले ग्राहकलाई केन्द्रि विन्दु मानेर सुविधा पुर्याउँदै आएको छ ।

नयाँ शो रुमको सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने प्रयत्नलाई उजागर गर्दछ । गिरिजा अटोमोवाइलर सिप्रदी टे«डिङको नेतृत्वमा यो शोरुमले यस क्षेत्रमा बिक्री, सेवा अनि ग्राहकको सन्तुष्टिमा नयाँ आयम कायम गर्ने विश्वास गरेका छौं ।

उद्घाटन समारोहमा बोल्दै सिप्रदी टे«डिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले भने–“गिरिजा अटोमोवाईल र टाटा मोटर्ससँग सहकार्य नयाँ वितरक नियुक्ती हाम्रो देशभर सञ्जाल विस्तार गरी ग्राहकको नजीकपुग्ने प्रयत्नकै परिणाम हो । जेष्ट, बोल्ट, स्टोर्मी, हेक्सा, टियागो र टिगोर जस्ता उत्कृष्ट गाडीहरुको उपलब्धता सँगै उत्कृष्ट शो रुमको सञ्चालनले हाम्रा सवै ग्राहक राम्ररी लाभान्वित हुने विश्वास हामीले लिएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.