नेपाल इन्भेष्टमेण्ट बैंकको थप दुई शाखा विस्तार

  २०७४ पुष ६ गते १७:००     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले थप दुई शाखा कालिकोट र दैलेखमा विस्तार गरेको छ । बैंकले आफ्नो ६२औं शाखा कालिकोटको नाग्ममा र ६३औं शाखा दैलेखको डाबमा विस्तार गरेको हो ।

यी दुई शाखासहित सुर्खेत र जुम्ला गरी अब प्रदेश नम्बर ६ मा यस बैंकको चार वटा शाखा पुगेको छ ।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । बैंकिङ सुविधाबाट टाढा रहेका ग्रामिण क्षेत्रका स्थानीयलाई आर्थिक कारोबारमा सहज हुने र सहुलियत रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग तथा कृषि व्यवसायमा सहयोग गर्ने बैंकको उदेश्य रहेको छ ।

बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९७ वटा एटिएम पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.